चितवन। चितवनको सौराहामा निजी हात्तीमाथि आक्रमण हुँदा सूँड काटिएको छ। मङ्गलबार राति करिब साढे ११ बजेतिर दिपक खतिवडाले पालेको हात्तीमाथि नचिनेका व्यक्तिले आक्रमण गरि सूँड काटेका हुन्। सुडको टुप्पो भाग काटिएपछि दुःखाइको पीडाले हात्ती कराएको थियो।
हात्ती पीडाले कराएपछि हेर्न जाँदा सूँड काटिएको अवस्थामा भेटिएको खतिवडाको भनाइ छ। तत्काल राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका प्राविधिक किरण रिजालको टोलीले उपचार गरेको छ। उपचारपछि सामान्य अवस्थामा जान लागेको रिजालले जानकारी दिए।

