उपनिर्वाचन : उम्मेदवारको अन्तिम नामावली प्रकाशित गर्ने आयोगको तयारी

काठमाडौं। निर्वाचन आयोगले प्रतिनिधिसभाका तीन वटा क्षेत्रमा हुने उपनिर्वाचनका लागि आज बुधबार उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गर्ने भएको छ।

गत सोमबार मनोनयन दर्ता गराएका उम्मेदवारविरुद्ध परेका उजुरीहरुको छानबिन गरी आयोगले बुधबार अन्तिम नामावली प्रकाशन गर्ने तयारी गरेको हो।

तनहुँ–१, चितवन–२ र बारा–२ मा वैशाख १० गते हुने उपनिर्वाचनका लागि ६९ जनाले मनोनयन दर्ता गराएका छन्।आयोगले उम्मदेवारविरुद्ध उजुरी दिन मंगलबारको दिन तोकेको थियो।

आयोगमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं चितवन क्षेत्र नम्बर २ मा उम्मेदवारी दिनुभएका रवि लामिछाने विरुद्ध सबैभन्दा बढी उजुरी परेको बुझिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर