काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिहीबारसम्ममा मन्त्रिपरिषद्लाई पूर्णता दिन प्रयास गरिने बताएका छन् ।
आज बुधबार बसेको पार्टी पदाधिकारीको बैठकलाई ब्रिफिङ गर्दै प्रचण्डले बिहीबारसम्म मन्त्रिपरिषद्लाई पूर्णता दिन प्रयास गरिने बताए ।
बैठकपछि नेता गिरिराजमणि पोखरेलले अध्यक्ष प्रचण्डले भोलिसम्ममा मन्त्रिपरिषद्ले पूर्णता पाउने बताएको जानकारी दिँदै त्यसपछि सरकारले नतिजा निकाल्ने गरी काम गर्ने बताए ।

