बालुवाटारमा गठबन्धनको बैठक जारी

काठमाडौं। सत्ता साझेदार दलहरूको बैठक जारी छ। प्रधानमन्त्री निवास बालुवाटारमा गठबन्धनको बैठक सुरु भएको हो।

नयाँ गठबन्धन बनेसँगै मन्त्रिपरिषद् विस्तार भएपछि न्यूनतम साझा कार्यक्रमबारे छलफल गर्न बैठक बसेको हो।कार्यदलले तयार पारेको न्यूनतम साझा कार्यक्रममा ९ वटा विषयलाई प्राथमिकतामा राखिएको छ।

सो कार्यक्रमलाई आजको बैठकले अन्तिम रूप दिने बताइएको छ। सरकारले न्यूनतम साझा कार्यक्रम आजै साँझ सार्वजनिक गर्ने तयारी गरेको छ। सार्वजनिक गर्नुअघि गठबन्धन दलका नेताहरूले त्यसलाई पूर्णता दिनेछन्।

प्रतिक्रिया

सम्बन्धित खवर