उपनिर्वाचनका लागि उम्मेदवारको अन्तिम नामावली प्रकाशन आज गरिने

काठमाडौं। निर्वाचन आयोगले आगामी वैशाख १० गते हुने प्रतिनिधि सभाका तीन वटा क्षेत्रमा हुने उपनिर्वाचनका लागि मनोनयन दर्ता गराएका उम्मेदवारहरुको अन्तिम नामावली आज बिहीबार प्रकाशित गर्दैछ।

बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय तोकिएको निर्वाचन आयोगले जनाएको छ।त्यसपछि उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गरिने छ। अन्तिम नामावली लगत्तै उम्मेदवारहरुलाई चुनाव चिन्ह प्रदान गरिने छ।

उम्मेदवारहरुले चुनाव चिन्ह पाएसँगै चुनाव प्रचार प्रसार पनि सुरू हुने छ। आगामी वैशाख १० गते तनहुँ–१, चितवन–२ र बारा–२ मा उपनिर्वाचन हुने कार्यक्रम छ।

तनहुँ–१ बाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति र बारा–२ बाट निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपति निर्वाचित हुनु भएपछि ती स्थानमा उपनिर्वाचन हुन लागेको हो।

यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने नागरिकता विवादमा दोषी ठहर भई पदमुक्त हुन भएपछि चितवन–२ मा उपनिर्वाचन गर्न हुन लागेको हो।

प्रतिक्रिया

सम्बन्धित खवर