काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संसद् र सिंगो देशलाई उपेन्द्र यादवको आवश्यकता रहेको बताउनुभएको छ ।
जसपा अध्यक्ष एवं बारा–२ का प्रतिनिधि सभा सदस्य उम्मेदवार यादवको निर्वाचन क्षेत्र पुगेर बिहीबार(आज) अध्यक्ष नेपालले राष्ट्रिय राजनीतिको केन्द्रमा यादवको आवश्यकता अपरिहार्य रहेको औंल्याउनुभएको हो ।
बारा–२ मा सत्ता गठबन्धनको साझा उम्मेदवार रहेका जसपा अध्यक्ष यादवको पक्षमा माहौल बनाउन नेपाल हिजो साँझ कलैया पुग्नुभएको थियो। बारा–२ को चुनावी मैदानमा रहनुभएका यादवसँगको भेटमा नेपालले गठबन्धनको जित सुनिश्चित रहेको दाबी समेत गर्नुभएको छ।

