नेपालमा आज थप ८५ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालमा आज बिहीबार देशभर ८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार यो अवधिमा १ हजार ४०२ जनामा गरिएको परीक्षणमा ८५ जना संक्रमित थपिएका हुन्।

संक्रमण बढ्दै जाँदा पछिल्ला दिनमा आईसीयूमा विरामी हुने संक्रमित पनि बढ्न थालेका छन्। मन्त्रालयको विवरण अनुसार हाल काठमाडौंमा ४ जना संक्रमित आईसीयूमा, एकजना भेन्टिलेटरमा र १७ जना संस्थागत आइसोलेशनमा रहेका छन्।

यस्तै सक्रिय संक्रमितको संख्या पनि ३५८ जना पुगेको छ। यस्तै आज २७ जना संक्रमित संक्रमणमुक्त समेत भएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर