काठमाडौं। नेपाली सेनाले विभिन्न पदका लागि जागिर खुलाएको छ। भर्ना छनोट निर्देशनालयले शुक्रबार सूचना जारी गर्दै प्राड, प्राविधिक, हवाई तथा विविध सेवातर्फका अधिकृत पदहरूको लागि जागिर खुलाएको हो।
योग्यता पुगेका नेपाली नागरिकले नेपाली सेनाको आधिकारिक वेबसाइटमा गएर वैशाख ३० गतेसम्म अनलाइन दरखास्त दिन सक्ने सूचनामा उल्लेख गरिएको छ।


