मन्त्रीले संसदमा उपस्थित भएर अनिवार्य रुपमा जवाफ दिनुपर्छ : राजेन्द्र पाण्डे

काठमाडौं । सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष राजेन्द्र पाण्डेले सांसदहरुले उठाएका जनसरोकारको विषयमा मन्त्रीहरुले संसदमा उपस्थित भएर अनिवार्य रुपमा जवाफ दिनुपर्ने व्यवस्था गर्न माग गर्नु भएको छ ।

शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै उहाँले संसदमा उठेका प्रश्नको जवाफ दिनका लागि मन्त्रीलाई रुलिङ गर्न सभामुख देवराज घिमिरेको ध्यानाकर्षण पनि गराउनु भयो ।

उपाध्यक्ष पाण्डेले जनताको समस्या पोख्ने थलो भए पनि सरकार मुकदर्शक भएर बस्यो भने संसदको अर्थ नहुनेतर्फ पनि सचेत गराउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर