काठमाडौं। काठमाडौं महानगरका मेयर बालेन साहले आजबाट सिंहदरबारको फोहोर नउठाउने घोषणा गरेका छन्।शनिबार बिहान सामाजिक सञ्जालमार्फत मेयर साहले देश सफा गर्नुपरे सिंहदरबारका नेताहरूलाई सिस्डोलमा डम्प गर्नुपर्ने बताएका हुन्।
उनले सामाजिक सञ्जालमा लेखेका छन्-‘आजबाट सिंहदरबारको फोहोर उठ्दैन। साँच्चिकै देश सफा गर्नु परे, त्यहाँका नेताहरूलाई सिस्डोलमा डम्प गर्नु पर्ने हुन्छ।’

