जनतासँग गरिएका प्रतिवद्धता पूरा गर्नेगरी सरकारले काम गर्छ : मन्त्री खड्का

सुर्खेत। उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले जनतासँग गरिएका प्रतिवद्धता पूरा गर्नेगरी सरकारले काम गर्ने बताएका छन्। शनिबार सुर्खेत विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उनले शान्ति प्रक्रियाका बाँकी कामलाई पूरा गर्दै विकासको गतिलाई तिब्र रुपमा अघि बढाउने बताएका हुन्।

उपप्रधानमन्त्री खड्काले सरकारले सार्वजनिक गरेको न्युनतम साझा कार्यक्रमको जगमा टेकेर बजेट ल्याउने बताए। उनले कर्णालीमा भएका विकासका बहुआयामिक सम्भावनालाई सदुपयोग गर्दै विकासको गतिलाई तिब्र पार्नेगरि केन्द्रबाट विशेष बजेटको व्यवस्था गर्ने बताए।

यस्तै,उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले केही दिनमै मन्त्रिपरिषद्ले पूर्णता पाउने बताए। उनले मन्त्री पठाउने विषयमा पार्टीमा विवाद नभए बताए।

प्रतिक्रिया

सम्बन्धित खवर