काठमाडौं। नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता मुकुन्द न्यौपानेले पार्टी परित्याग गरेका छन्। शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले पार्टीको सम्पूर्ण जिम्मेवारी परित्याग गर्दै पार्टीको साधारण सदस्य समेत नरहेको घोषणा गरेका हुन्।
एकीकृत समाजवादी अवसरवादमा लिप्त रहेको उनको आरोप छ। सांसदको लागि झगडा गर्ने, सांसद पाउनासाथ मन्त्री पाउन लफडा गर्ने, जति खाएपनि नअघाउने, जति भरे पनि नभरिने मानिसहरु मात्रै पार्टीमा रहेको उनले आरोप लगाए।
उनले माघ २०७९ मा बसेको केन्द्रीय समितिको बैठकमा आफूले राखेको फरक मतबारे कुनै छलफल नभएको बताए। उनले देशभरका नेता कार्यकर्ता समेटेर नेकपा एमालेमा समाहित हुने जानकारी दिए।

