काठमाडौं। गृहमन्त्री नारायणकाजी श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मुलुकको पहिचानसँग जोडिएकाले सुरक्षामा कुनै कमीकमजोरी हुन नदिन सम्बद्ध निकायलाई निर्देशन दिएका छन्।
विमानस्थलको आज अनुगमन गर्दै उनले विमानस्थलको महत्त्व र यस निकायले दिनुपर्ने सुरक्षा, सेवा र वर्तमान सरकारको प्राथमिकताबारे निर्देशनात्मक सम्बोधन गरेका थिए। गृहसचिव विनोदप्रकाश सिंह र अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारीसहित अनुगमनमा पुगेका उपप्रधानमन्त्री श्रेष्ठलाई अध्यागमन कार्यालयका प्रमुख अध्यागमन अधिकृत रामबाबु सुवेदी, नागरिक उड्डयन कार्यालयका महाप्रबन्धक प्रमुख प्रतापबाबु तिवारी एवं सुरक्षा निकायका अधिकारीले विमानस्थल प्रशासनका चालु गतिविधि र नयाँ योजनाको आवश्यकताबारे जानकारी गराएका थिए।

