काठमाडौं । ललितपुरस्थित पाटन संयुक्त क्याम्पसको स्ववियु सभापतिमा स्वतन्त्र उम्मेदवार सुशील विष्ट निर्वाचित भएका छन् । शनिबार राति सम्पन्न मतगणनाको परिणामअनुसार स्वतन्त्र उम्मेदवार ९नेपाल विद्यार्थी संघका बागी उम्मेदवार० विष्ट १६९ मतान्तरले विजयी भएका हुन् ।
अन्तिम मत परिणामअनुसार विष्टले ८४१ मत ल्याउनु हुँदा अनेरास्ववियुका उम्मेदवार सुरेश जिसीले ६७२ मत पाए ।
नेविसंघका इकाइ उपाध्यक्षसमेत रहनुभएका विष्टले स्वतन्त्र उम्मेदवारी दिनुभएको थियो । पाटनमा नेविसंघको आन्तरिक विवादका कारण चैत ५ गतेका लागि तय भएको निर्वाचन रोकिएको थियो ।
यसैगरी, सचिवमा अनेरास्ववियुका अभिनाष भण्डारी र कोषाध्यक्षमा अनेरास्वयुविकै तिलक बहादुर कुमाल विजयी भएका छन् ।

