प्रतिनिधि सभाको बैठक आज बस्दै

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दैछ । प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे बस्ने कार्यतालिका रहेको छ ।

प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘महान्यायधिवक्ताको वार्षिक प्रतिवेदन, आ.व. २०७८/७९’ पेश गर्नुहुने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

यस्तै, सञ्चार तथा सूचना प्रविधि मन्त्री श्री रेखा शर्माले राष्ट्रिय सभाबाट सन्देश सहित प्राप्त ‘सार्वजनिक सेवा प्रशारण विधेयक, २०७८ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसुची रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर