सरकारी सञ्चारमाध्यमलाई बदलिँदो परिस्थितिअनुसार अगाडि बढाइनुपर्छ : सञ्चारमन्त्री

काठमाडौं। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारी सञ्चारमाध्यमलाई बदलिँदो परिस्थितिअनुसार अगाडि बढाइनुपर्ने बताएकी छन्।

प्रतिनिधिसभाको आजको बैठकमा पेस भएको ‘सार्वजनिक प्रसारण सेवा विधेयक, २०७८ माथि विचार गरियोस्’ भन्ने प्रस्तावमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै उनले सिर्जनात्मक ढंगले निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्न सक्ने गरेर सरकारी सञ्चारमाध्यमलाई अगाडि बढाइनुपर्ने बताइन्।

‘निजी क्षेत्रसँग कन्टेन्टमा प्रतिस्पर्धा गर्न सक्ने बनाउनुपर्छ भन्ने म सहमत छु। कन्टेन्टका रूपमा छलफल गरौँला, नीतिगतरूपमा प्रतिस्पर्धा गर्न लायक संस्था हामी बनाऔँ। कहाँनेर कमजोरी छ, दफावार छलफलका क्रममा अगाडि बढौं,’ उनले भने।

प्रतिक्रिया

सम्बन्धित खवर