नेपालमा आज थप एक सय २४ जनामा कोरोना

काठमाडौं । नेपालमा आज सोमबार थप एक सय २४ जनामा कोरोनाको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टीजेन गरेर दुई हजार पाँच सय ६६ जनाको नमुना परीक्षण गर्दा एक सय २४ जनामा सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यही अवधिमा २९ जना कोरोना सङ्क्रमित निको भएका छन् । कोरोना सङ्क्रमितको सङ्ख्या बढेसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या चार सय ४४ जना पुगेको छ ।

कोरोना भाइरसको सङ्क्रमण बढेसँगै सरकारले स्वास्थ्यका मापदण्डको पूर्ण पालना गर्न आग्रह गरेको छ । मन्त्रालयले बढिरहेको कोरोना सङ्क्रमणलाई मध्यनजर गरेर अस्पतालहरूलाई अवस्थाअनुसार सेवा विस्तार गर्न निर्देशन दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर