एजेन्सी। अमेरिकाको केन्टकी राज्यस्थित लुइसभिल शहरको एक बैंकका कर्मचारीले सहकर्मीमाथि अन्धाधुन्ध गोली प्रहार गर्दा ५ जनाको मृत्यु भएको छ।
लुइसभिल शहरमा रहेको ‘वल्ड नेशनल बैंक’मा कर्मचारीले चलाएको गोली लागी मृत्यु हुनेमा ४० देखि ६४ वर्ष उमेर समूहका रहेका छन्। घटनामा ९ जना घाइते भएका छन्। यस्तै सोयम् गोली चलाउने व्यक्ति पनि मारिएका छन् ।
गोली प्रहार गर्ने व्यक्ति सुरक्षाकर्मीको जवाफी कारबाहीमा मारिएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।गोली प्रहार गर्ने व्यक्तिका श्रीमती पनि सोही बैंकका कर्मचारी रहेको र गोलीकाण्डका बीच उनले भने सेफ्टी भल्टमा लुकेर ज्यान जोगाएको बताइएको छ। २३ वर्षिय युवाले घटनामा राइफल प्रयोग गरेको पाइएको छ।