काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को अनुशासन आयोगको बैठक आज मंगलबार बस्दैछ । बैठक आज बिहान ११ बजे पार्टी कार्यालय धुम्बाराहिमा मा बस्न लागेको हो ।
सांसद ढाकाकुमार श्रेष्ठले व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको ‘अडियो प्रकरण’ का बारेमा छानबिन गर्न बैठक बस्न लागेको हो ।
सांसद श्रेष्ठले सोमबार बुझाएको स्पष्टीकरणका विषयमा छानबिन गरेर केन्द्रीय समितिलाई सिफारिस गर्नेछ । सो सिफारिसका आधारमा उनीमाथि के कस्तो कारबाही हुने रु त्यसका बारेमा केन्द्रीय समितिले निर्णय लिनेछ । श्रेष्ठ समानुपातिकतर्फबाट रास्वपाका सांसद बन्नु भएको हो ।

