संक्रमणकालीन न्यायसम्बन्धी विधेयक सर्वस्वीकार्य बनाउन प्रचण्ड, ओली र देउवाबीच समझदारी

काठमाडौं । प्रमुख तीन दलको बैठकले संक्रमणकालीन न्यायलगायतका विधेयक न्यायपूर्ण र सर्वस्वीकार्य बनाउने समझदारी भएको छ ।

बालुवाटारस्थित सभामुखको निवासमा बसेको प्रधानमन्त्री तथा सभामुखसहित प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठकमा यस्तो सहमति गरेको हो ।

विषय र प्रक्रियामा थप छलफलका लागि अर्को बैठक वैशाख १ गते दिउँसो १ बजे सिंहदरबारमा बस्नेछ ।

आज बिहानको छलफलमा सभामुख देवराज घिमिरे, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित सरकार र प्रतिपक्षका शीर्ष नेताहरूबीच छलफल भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर