निजी क्षेत्र बलियो र सशक्त नभई मुलुक समृद्ध हुन सक्दैन : प्रचण्ड

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार निजी क्षेत्रको क्रियाशीलता र योगदान अझ बढोस् भन्ने चाहेको बताएका छन्। राजधानीमा आयोजित नेपाल उद्योग वाणिज्य महासंघको ५७ औँ वार्षिक साधारणसभा समुद्घाटन गर्दै उनले यस्तो बताएका हुन्।

प्रधानमन्त्री प्रचण्डले भने, ‘निजी क्षेत्र बलियो र सशक्त नभई मुलुक समृद्ध हुन सक्दैन र दिगो विकासको लक्ष्य प्राप्त गर्न पनि सकिँदैन। यो कुरामा सरकार स्पष्ट छ। के कस्तो सुधार गर्नु पर्छ त्यसको लागि सरकार तयार छ।’

उनले निजी क्षेत्रको समस्या राम्ररी बुझेको बताउँदै आफूले सरकारको नेतृत्व सम्हालेको दिनदेखि नै संकटउन्मुख अर्थतन्त्रलाई कसरी चाडै सहज अवस्थामा ल्याउन सकिन्छ भनेर छलफल गरिरहेको बताए।

प्रतिक्रिया

सम्बन्धित खवर