न्यायाधीश भुवन गिरी पक्राउ

काठमाडौं । न्यायाधीश भुवन गिरीलाई प्रहरीले पक्राउ गरेको छ । न्यायाधीश गिरी जिल्ला अदालत कपिलवस्तुमा कार्यरत थिए ।

वैवाहिक बलात्कार आरोपमा उनलाई सामाखुसीबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी दान बहादुर कार्कीले बताउनुभयो ।

गिरी कपिलवस्तु जिल्ला अदालतमा कार्यरत थिए । पत्नी आरती गिरी रावलले उनीविरुद्ध वैवाहिक बलात्कार आरोपमा जाहेरी दिएकी छिन् ।

गिरीलाई अनुसन्धान र कारवाहीका लागी कपिलवस्तुमा पठाइने एसएसपी कार्कीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर