प्रतिनिधि सभाको बैठक आज बस्दै

काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बुधबार बस्ने भएको छ ।

बैठक नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बुधबार दिउँसो १ बजे बस्ने भएको हो । बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त ‘सुरक्षण मुद्रण सम्बन्धी विधेयक, २०७७ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

यसैगरी बुधबारको बैठकमा सभामुख देवराज घिमिरेले नेपाली कांग्रेसका पूर्वसांसद तेजमान तुम्बाहाम्फेको निधन प्रति शोक प्रस्ताव समेत प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर