युएफा च्याम्पियन्स लिग : म्यान्चेस्टर र इन्टर विजयी

काठमाडौं । युएफा च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलकाे पहिलो लिगको खेलमा म्यान्चेस्टर सिटी र इन्टर मिलान विजयी भएका छन् ।

इंग्लीश क्लब म्यान्चेस्टर सिटीले जर्मनीको बायर्न म्युनिखलाई ३–० ले पराजित गरेकाे हाे । मंगलबार राति आफ्नै मैदानमा भएको खेलमा म्यान सिटीलाई विजयी गराउन रोड्री, बर्नार्डो सिल्भा र अर्लिङ ब्रट हाल्याण्डले एक- एक गोल गरेका हुन् ।

जितसँगै म्यान्चेस्टर सिटीले सेमिफाइनल पुग्ने सम्भावना बलियो पारेको छ । क्वाटरफाइनल पहिलो लिगकै अर्को मंगलबार राति भएकाे खेलमा इटालीको इन्टर मिलानले पोर्चुगलको बेन्फिकालाई २–० ले पराजित गरेकाे हाे । बेन्फिकाको मैदानमा भएको खेलमा इन्टरलाई विजयी गराउन निकोलो बारेला र रोमेलु लुकाकुले एक –एक गोल गरेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय