यस वर्षको एसइई आजदेखि सकियो

काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) आज सकिएको छ। यही चैत १७ गतेदेखि देशभर एकैसाथ सुरु भएको परीक्षामा छिटपुट घटनाबाहेक शान्तिपूर्ण रूपमा सम्पन्न भएको एसइईका परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठले जानकारी दिए।

देशका ७७ जिल्लाका २ हजार ३६ परीक्षा केन्द्रसहित जापानमा १ गरी २ हजार ३७ परीक्षा केन्द्रबाट एकैसाथ परीक्षा सम्पन्न भएको उनले बताए। ‘छिटपुट घटनाबाहेक सबै परीक्षा केन्द्रमा शान्तिपूर्ण रूपमा परीक्षा सम्पन्न भएको छ। घटना भएका केन्द्रका केहीलाई कानुनी दायरामा ल्याएका छौँ’, श्रेष्ठले भने। उनका अनुसार यस वर्ष परीक्षामा ४ लाख ८४ हजार २ सय २७ परीक्षार्थी सहभागी थिए।

यस वर्षको एसइईमा सहभागी हुन विसं २०७८ मा कक्षा ९ मा रजिस्ट्रेशन भर्ने ५ लाख १६ हजार ५ सय ९१ विद्यार्थीमध्ये कक्षा १० मा आउँदा ३२ हजार ३ सय ६४ विद्यार्थी घटेर ४ लाख ८४ हजार २ सय २७ भएका थिए।

नेपालबाट रोजगारीका लागि जापान पुगेका अभिभावकका १४ जना छोराछोरीले पनि यस वर्ष जापानबाटै परीक्षा दिएका छन्।

कार्यालयले एसइई परीक्षाको नतिजा असार तेस्रो साता सार्वजनिक गर्ने योजना बनाएको छ। ‘

प्रतिक्रिया

सम्बन्धित खवर