१० दिनभित्र प्रधानन्यायाधीश नियुक्ति गर्न बारको अन्टिमेटम

काठमाडौं । नेपाल बार एसोसिएसनले सरकारलाई प्रधानन्यायाधीश नियुक्ति गर्न १० दिनको अल्टिमेटम दिएको छ।

आज बार परिसरमा पत्रकार सम्मेलन गरी १० दिनभित्र सर्वोच्च अदालतको प्रधानन्यायाधीश १० दिनभित्र नियुक्ति नगरे नेपाल बारले आन्दोलन शुरु गर्ने चेतावनी दिएको हो।

पत्रकार सम्मेलनमा बोल्दै नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले कायममुकायम प्रधानन्यायाधीशबाट सर्वोच्च अदालत सञ्चालन भएको नै १ वर्ष बढी बितिसकेको भन्दै अबको १० दिन भित्रमा प्रधानन्यायाधीश नियुक्ति नगरे आन्दोलन शुरु गर्ने चेतावनी दिए।

उनले सर्वोच्च अदालतमा पनि अटोमेशन प्रणाली लागू गरेर पेशीको व्यवस्थापन नगरे आन्दोलन गर्ने बताए। उनले कार्यपालिका र व्यवस्थापिकाले सर्वोच्च अदालतलगायत न्यायालयलाई नै हेपेको आरोप लगाए।

उनले न्यायपालिकाको विकृति, विसंगति, भ्रष्टाचार मुक्त बनाउने अभियानको फेहरिस्त दिनसमेत माग गरे।

प्रतिक्रिया

सम्बन्धित खवर