जनवरी फेब्रुअरीमा भएको अडियो अहिले ल्याउनु सुनियोजित हो : ढाकाकुमार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद ढाकाकुमार श्रेष्ठले जनवरी फेब्रुअरीमा भएको अडियो अहिले ल्याउनु भनेको सुनियोजित भएको बताएका छन्।

पार्टी केन्द्रीय कार्यालयमा बुधबार पत्रकार सम्मेलनमा बोल्दै श्रेष्ठले पार्टीलाई चौतर्फी प्रहार गर्ने उद्देश्यले अडियो बाहिर ल्याइएको बताए।

‘ जनवरी फेब्रुअरीमा भएको अडियो अहिले आएर हाल्नु भनेको एउटा सुनियोजित किसिमले हाम्रो पार्टीलाई चारतिरबाट प्रहार गरिएको हो। उपनिर्वाचनमा हाम्रा तीन वटै उम्मेदवारलाई हराउन यो अडियो बाहिर ल्याइएको हो ।’ उनले भने, ‘पार्टीलाई माया गर्ने सबै शुभचिन्तकहरूलाई हाम्रा तीन क्षेत्रका उम्मेदवरलाई जिताइदिन आग्रह गर्न चाहन्छु।’

प्रतिक्रिया

सम्बन्धित खवर