च्याम्पियन्स लिग फुटबल : क्वाटरफाइनलमा रियल मड्रिड विजयी

काठमाडौं । युरोपियन च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलकाे पहिलो लिगको खेलमा रियल मड्रिड र एसि मिलान विजयी भएका छन् ।

बुधबार राति स्पेनको मड्रिडमा भएको खेलमा चेल्सीलाई रियल मड्रिडले २–० ले पराजित गरेकाे हाे । खेलको ५९ औं मिनेटका डिफेन्डर बेन चलिवेलले रातो कार्ड खाएपछि चेल्सी १० जनामा समेटिएको थियो ।

रियलको लागि करिम बेन्जमा र मार्को असेन्सीयोले एक-एक गोल गरेका थिए । पहिलो लिगमा हात पारेको जितसँगै रियल मड्रिडले सेमिफाइनल पुग्ने सम्भावना बलियो पार्दा दोस्रो लिगको खेलपूर्व चेल्सी दवावमा परेको छ ।

बुधबार राति भएको अर्को खेलमा इटालीको एसि मिलानले नापोलीलाई १–० ले पराजित गरेकाे हाे । दुई इटालीयन टोलीहरुबीचको भिडन्त एसि मिलानको मैदानमा भएको थियो ।

खेलमा घरेलु टोलीलाई विजयी गराउन इस्माइल बेनाचरले निर्णायक गोल गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय