शेखर–गगन समूहले तीन मन्त्री र एक राज्यमन्त्री पाउने

काठमाडौं। नेपाली कांग्रेसको संस्थापनइतर समुहले तीन मन्त्री र एक राज्यमन्त्री पाउने भएको छ। नेता डा.शेखर कोइराला र पार्टी महामन्त्री गगन थापाले आज आफ्नो पक्षले एक राज्यमन्त्रीसहित ४ मन्त्रालय पाउने निर्णय भएको जानकारी दिनु भएको हो।

शेखरको सम्पर्क कार्यालय बालुवाटारमा आफ्नो समूहका सांसदहरुको छलफलमा पनि नेताद्वयले चारजना मन्त्री हुने जानकारी गराउनु भएको हो। छलफलमा उपनिर्वाचका विषयमा महामन्त्री थापाले जानकारी गराउनु भएको थियो। आफ्नो तर्फबाट मन्त्रीमा पठाउने व्यक्तिका विषयमा भने आजको बैठकमा छलफल भएको थिएन।

उपनिर्वाचनमा दुई क्षेत्र कांग्रेसले जित्नैपर्ने बताउँदै आफ्नो तर्फबाट क्षेत्रबाट खटिन सांसदहरुलाई शेखर र गगनले निर्देशन दिएका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर