बैंकको ब्याजदर र तरलता अभावको कारण परेको समस्या समाधान गर्छु : अञ्जन श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठ सर्वसम्मत चयन भएका छन्।

बुधबार वरिष्ठ उपाध्यक्षका उम्मेदवार अञ्जन श्रेष्ठलाई अर्का उम्मेदवार उमेशलाल श्रेष्ठले समर्थन गरेसँगै उनी सर्वसम्मत निर्वाचित भएका हुन्। पहिलो चरणमा वरिष्ठ उपाध्यक्षमा कुनै पनि उम्मेदवारले ५० प्रतिशत मतभार नकटाएपछि दोस्रो चरणको निर्वाचन तयारी भए पनि सहमतिमा वरिष्ठ उपाध्यक्ष चयन भएको हो।

वरिष्ठ उपाध्यक्षमा सर्वसम्मत निर्वाचित भएपछि सञ्चारकर्मीसँग वरिष्ठ उपाध्यक्ष श्रेष्ठले निराशामा रहेका उद्योगी व्यवसायीहरुको मुहारमा मुस्कान ल्याउने गरी काम गर्ने प्रतिबद्धता जनाए। उनले निर्वाचनताका देशभरका उद्योगी व्यवसायीमाझ गरेका प्रतिबद्धताहरु पूरा गर्ने गरी काम गर्ने बताए।

उनले पछिल्लो समय व्यवसायीहरुलाई बैंकको ब्याजदर र तरलता अभावको कारण परेको समस्या समाधान गर्ने बताए।

उनले आन्तरिक र वैदेशिक लगानी भित्र्याउन निजी क्षेत्रले पहल गर्ने बताए। उनले मुलुकभित्रै लगानीमैत्री वातावरण बनाउन उद्योगी व्यवसायीहरुले सरकारसँग सहकार्य गर्न बताए।

प्रतिक्रिया

सम्बन्धित खवर