प्रधानमन्त्री प्रचण्ड र माओवादीका मन्त्रीलाई अब पार्टी कार्यालयमा भेट्न सकिने

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पार्टी कार्यकर्तासँगको भेटलाई सहज बनाउन पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा पुगेका छन्। नेकपा (माओवादी केन्द्र) ले आजदेखि प्रधानमन्त्री, मन्त्री लगायतसँग पार्टी केन्द्रीय कार्यालयमा नेता, कार्यकर्तालाई भेट गर्ने व्यवस्था मिलाएको छ।

प्रधानमन्त्री प्रचण्डले प्रत्येक शुक्रबार पार्टी कार्यालयमा नेता कार्यकर्तासँग भेट गर्ने उनको सचिवालयले जनाएको छ। सोहीअनुसार प्रधानमन्त्री प्रचण्ड बिहान ८ बजे नै पार्टी केन्द्रीय कार्यालय पुगिसकेका छन्।

कार्यालय समयमा प्रधानमन्त्री तथा मन्त्रीहरूलाई काममा व्यवधान नआओस् भनेर माओवादी केन्द्रले कार्यालय समय बाहिर पार्टी कार्यालयमा प्रधानमन्त्री तथा मन्त्रीहरूलाई भेटघाटको व्यवस्था मिलाएको हो।

प्रतिक्रिया

सम्बन्धित खवर