आज बस्ने भनिएको शीर्ष तीन दलका नेताको बैठक स्थगित

काठमाडौं। सभामुख देवराज घिमिरेको आह्वानमा शुक्रबार बोलाइएको प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक स्थगित भएको छ। दिउँसो १ बजे सिंहदरवारस्थित सभामुख कार्यकक्षमा बोलाइएको बैठक स्थगित भएको हो।

सभामुख देवराज घिमिरेले बोलाएको बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सहभागी हुने बैठक एमाले अध्यक्ष ओलीको स्वास्थ्यमा समस्या आएपछि बैठक स्थगित् भएको सभामुखको सचिवालयले जनाएको छ।

सभामुख घिमिरेले संसद्को बिजनेस, संयुक्त समिति, विषयगत समिति र संयुक्त नियमावली मस्यौदा समिति गठनलगायतका विषयमा सहमति जुटाउन बैठक बोलाएका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर