नयाँ बर्षलाई राजनैतिक स्थायित्वको वर्ष बनाउन मेटमणिको आग्रह

काठमाडौं। नेकपा (एकीकृत समाजवादी)का संसदीय दलका प्रमुख सचेतक मेटमणि चौधरीले नयाँ वर्षलाई राजनैतिक स्थायित्वको वर्ष बनाउन आग्रह गरेका छन्।

नयाँ वर्ष २०८० को पहिलो दिन सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश दिँदै चौधरीले लेखेका छन्, ‘नयाँ वर्षमार्फत राजनैतिक स्थायित्वलाई स्थापित गरौं। आर्थिक संकटबाट मुक्ति प्राप्त गरौं। सम्वृद्धिको अभियान थालनी गरौं।’

पूर्वमन्त्रीसमेत रहेका चौधरीले एकल चिन्तन र चेतनाबाट मुक्त भई हामी भन्ने भावनाबाट अभिप्रेरित हुँदै राष्ट्रको साझा दुश्मन रोग, भोकलाई सम्बोधन गर्न समेत आह्वान गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर