काठमाडौं। शताब्दी पुरुष सत्यमोहन जोशीकी पत्नी राधादेवी जोशीको निधन भएको छ। पारिवारिक स्रोतका अनुसार सय वर्षीय राधादेवीको आज बिहान ५ बजे र १५ मिनेटमा किस्ट अस्पतालमा निधन भएको हो।
केही दिनअघि राधादेवीलाई अस्पताल भर्ना गरिएको थियो। उनलाई श्वासप्रश्वासमा समस्या थियो। पति सत्यमोहन जोशीको गत असोज ३० गते १०३ वर्षको उमेरमा निधन भएको थियो।

