काठमाडौं । घरेलु टोली पाकिस्तानले न्युजिल्यान्डलाई पहिलो टी-ट्वान्टीमा पराजित गरेको छ । पाँच खेलको टी-ट्वान्टी अन्तराष्ट्रिय सिरिजका लागि पाकिस्तान भ्रमणमा रहेको पाहुना टोलीले पहिलो खेलमा ८८ रनको फराकिलो हार व्यहोरेको हो ।
पाकिस्तानको लाहोरमा शुक्रबार राती भएको पहिलो खेलमा जित हात पारेसँगै घरेलु टोलीले पाँच खेलको सिरिजमा १-० को अग्रता बनाएको छ ।