प्रधानमन्त्री बनेको तीन महिनामै अर्थतन्त्रमा सुधारको संकेत देखिएको प्रचण्डको भनाइ

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू प्रधानमन्त्री बनेको तीन महिनामा नै देशको अर्थतन्त्रमा सुधारको संकेत देखिएको बताएका छन् ।

नेकपा माओवादी केन्द्रको प्रवास समन्वय समितिको भर्चुअल कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आफले देशको नेतृत्व सम्हालेपछि अर्थतन्त्रका बाह्य सूचक सकारात्मक भएको, राजश्वमा सुधार आएको दावी गरे ।

उनले नेपाली अर्थतन्त्र अहिले नभएर पहेलेदेखि नै समस्यामा परेको भन्दै आफू आएपछि क्रमिक सुधारका गएको बताए ।

पहिले देखि नै अर्थतन्त्र नकारात्मक अवस्थामा रहेकाले भरखरै सुधारमा आएको आर्थिक स्रोतबाट विकासको गति पैदा गर्न र रोजगारी सिर्जन गर्न अहिलेको सरकारलाई चुनौती भइरहेको बताए ।

उनले भने,‘हामीलाई विकासको गति पैदा गर्ने र रोजगारी ग्यारेन्टी गर्ने चुनौती छ । अर्थतन्त्रमा परेको अप्ठ्यारो अहिलेको होइन, पहिले देखि नै हो । यसमा म आएपछि सुधार भइरहेको छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर