एनपी साउदले पराराष्ट्रमन्त्रीको रुपमा लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं। नेपाली काँग्रेसका नेता नारायणप्रकाश (एनपी) साउदले पराराष्ट्रमन्त्रीको रुपमा पद तथा गोपनीयताको शपथ पनि लिएका छन्। साउदले आइतबार दिउँसो राष्ट्रपति कार्यालयमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष परराष्ट्रमन्त्रीको शपथ ग्रहण गरेका हुन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली काँग्रेसका सांसद साउदलाई परराष्ट्रमन्त्रीमा नियुक्त गरेका थिए। साउद परराष्ट्रमन्त्री बनेपछि पनि सरकार अझै अपुरो छ। प्रधानमन्त्री प्रचण्डसँग अझै चार मन्त्रालय बाँकी छन्।

साउद कञ्चनपुर क्षेत्र नम्बर २ को प्रतिनिधि सभा सदस्यमा विजयी भएका हुन्। उनी नेपाल विद्यार्थी संघको पूर्व अध्यक्ष एव‌म् पूर्वमन्त्री पनि हुन्। नेपाली काँग्रेसको केन्द्रीय सदस्यसमेत रहेका साउद प्रभावशाली नेताका रूपमा चिनिन्छन्। उनी नेपाली राजनीतिमा एनपी साउदको नामले परिचित छन्।

त्यसैगरी प्रधानमन्त्री प्रचण्डले चन्दा चपाईलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको राज्यमन्त्री पदमा नियुक्त गरेका छन्। उनले आइतबार राष्ट्रपति कार्यालयमा प्रधानमन्त्री प्रचण्डसमक्ष पद तथा गोपनीयताको शपथ लिएकी छन्। उनी नेकपा एकीकृत समाजवादी पार्टीकी राष्ट्रियसभा सदस्य हुन्।

प्रतिक्रिया

सम्बन्धित खवर