काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अस्वस्थ हुनुभएको छ ।
उहाँ भाइरल ज्वरोबाट ग्रसितहुनुभएको हो । अहिले एन्टिबायोटिक औषधि खाएर निवासमै आराम गरिरहेको ओलीले जनाउनुभएको छ ।
अध्यक्ष ओलीले तनहुँ, चितवन र बारामा हुने उपनिर्वाचनमा सहभागी हुने इच्छा हुँदाहुँदै पनि सहभागी हुन नपाउने बताउनु भएको छ।
उहाँले उपनिर्वाचन हुने तीनवटै क्षेत्रमा आफ्ना पार्टीका उम्मेदवारहरुलाई जिताउन अपिल गर्नुभएको छ।
सामाजिक सञ्जाल मार्फत उहाँले आफ्नो स्वास्थ्यमा समस्या आएको जानकारि दिनुभएको हो ।

