काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच आज छलफल हुने भएको छ।
संसदमा विधेयक अगाडि बढाउनेबारे आज बिहान ९ बजे उनीहरुबीच ओली निवा बालकोटमा छलफल हुने प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ।
स्वास्थ्यमा समस्या देखिएपछि घरमै आराम गरिरहेका ओलीलाई बालकोट पुगेर ओलीको स्वास्थ्य लाभको कामना गर्ने र संसदमा विधेयक अगाडि बढाउन समझदारीको लागि छलफल गर्ने कार्यसूची रहेको प्रधानमन्त्री प्रचण्डका प्रेस संयोजक सुर्यकिरण शर्माले बताए।

