मिटरब्याज पीडितद्वारा गृहमन्त्रीको राजीनामा माग

काठमाडौं। काठमाडौंमा आन्दोलनरत मिटरब्याज पीडितहरुले गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गरेका छन् । हिजो शान्ति वाटिकामा प्रहरीको लाठी प्रहारबाट घाइते समेत भएका उनीहरुले आज गृहमन्त्री श्रेष्ठविरुद्ध चर्को नाराबाजी लगाउँदै माइतीघर मण्डलामा प्रर्दशन गरेका हुन्।

आफूहरुको माग सम्बोधन गर्नुको साटो गृहमन्त्री श्रेष्ठले प्रहरी प्रशासन लगाएर दमन गरेकाले त्यसको विरोधमा प्रर्दशन गर्नु परेको उनीहरुले भनाई छ ।

हिजो शान्ति वाटिकामा प्रहरीसँगको झडपमा परी उनीहरु घाइते समेत भएका थिए। शान्तिपूर्ण आन्दोलन गर्दैगर्दा सरकारले दमन गरेको भन्दै मिटरब्याज विरुद्ध किसान–मजदुर संघर्ष समितिका संयोजक अवधेश कुशवाहले आपत्ति जनाउनु भयो।

आफूहरुको समस्या समाधान गर्न सरकार गम्भिर नभएको भन्दै माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने उहाँको चेतावनी छ। मिटरब्याज पीडितहरुको समस्या समाधानका लागि सरकारले बनाएको छानवीन समितिले पनि आफ्नो कामलाई तीव्रता नदिएको पीडित पक्षले गुनासो गर्दै आएका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर