काठमाडौँ । नेपालमा आज मंगलबार १७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै २ जनाको मृत्यु भएको छ ।
मन्त्रालयका अनुसार २४ घण्टामा २ हजार २९२ जनामा कोरोना परीक्षण भएको थियो । जसमा १७१ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
यस्तै सोही अवधिमा ८५ जना सङ्क्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।
हाल देशभर ३९७ जना सक्रिय सङ्क्रमित रहेका छन् । सङ्क्रमितमध्ये काठमाडौँ उपत्यकामा ४ जना भेन्टिलेटरमा छन् भने आइसियुमा ८ जना रहेका छन् ।

