राष्ट्रपति पौडेललाई थप उपचार गर्न दिल्ली लैजाने

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचारका लागि भारत लैजान लागिएको छ। स्वास्थ्य समस्यापछि मंगलबार शिक्षण अस्पताल महाराजगञ्ज भर्ना गरिएका राष्ट्रपति पौडेलको छातीको संक्रमण कम नभएपछि थप उपचारका लागि भारत लैजान लागिएको हो।

राष्ट्रपति पौडेललाई श्री एयरलाइन्समार्फत् नयाँदिल्ली लैजान लागिएको श्री एयरलाइन्सका महाप्रबन्धक अनिल मानन्धरले जानकारी दिए।लामो समय औषधि सेवन गर्दा पनि छातीको संक्रमण कम नभएपछि उपचारमा संलग्न चिकित्सकले थप उपचारका लागि भारत लैजान सुझाएको राष्ट्रपति पौडलेको सचिवालयले जनाएको छ।

१८ चैतमा पनि पेटमा समस्या देखिएपछि पौडेललाई शिक्षण अस्पतालमा उपचार गरिएको थियो। सोमबारमात्रै फलोअपका लागि अस्पताल पुगेर घर फर्किएका पौडेल फेरि छातीमा समस्या देखिएपछि मंगलबार शिक्षण अस्पतालमा भर्ना भएका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर