चेल्सीलाई हराउँदै रियल मड्रिड सेमिफाइनलमा प्रवेश

एजेन्सी । चेल्सीलाई हराउँदै रियल मड्रिड युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

लण्डनस्थित चेल्सीको मैदानमा मंगलबार राति भएको क्वाटरफाइनल दोस्रो लेगको खेलमा चेल्सी २–० ले पराजित भयो । पहिलो लेगको खेल पनि २–० ले नैं जितेको रियल मड्रिडले समग्रमा खेल ४–० को जितसहित सेमिफाइनलमा प्रवेश गरेको हो ।

खेलको ५८ औं मिनेटमा रोड्रिगोले गोल गर्दै रियललाई सुरुवाती अग्रता दिलाए । त्यसपछि ८० औं मिनेटमा रोड्रिगोले व्यक्तिगत दोस्रो गोल गर्दै रियललाई २–० को जित दिलाए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय