चुम उपत्यकाले शान्ति तथा अहिंसाको सन्देश दिएको प्रचण्डको भनाइ

गोरखा। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गोरखाको चुम उपत्यकाले सिंग देश र दुनियाँलाई शान्ति तथा अहिंसाको सन्देश दिएको बताएका छन्। उत्तरी गोरखाको चुमनुव्री गाउँपालिका-७, छेकम्पारस्थित राजेन गुम्बामा ‘अहिंसा अभियान, चुमबासीको पहिचान’ भन्ने नाराका साथ आजदेखि सुरु भएको ‘चुमशताब्दी श्याग्या महोत्सव २०८०’ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले चुम उपत्यकालाई एक सय वर्षसम्म अहिंसा क्षेत्रका रुपमा स्थापित गरेर राख्नु आफैँमा एउटा ऐतिहासिक कार्य भएको बताए।

‘यो क्षेत्र आफैँमा एउटा ऐतिहासिक क्षेत्र छ, चुम उपत्यकालाई अहिंसा क्षेत्रका रुपमा स्थापित गरेको सय वर्ष पूरा हुनु पनि आफैँमा एउटा ठूलो इतिहास र गौरव हो,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘तपाइँहरुले यो महोत्सवमार्फत सिंगै देश र दुनियाँलाई पनि शान्ति र अहिंसाको सन्देश दिनुभएको छ।’ उनले चुम उपत्यकाको प्राकृतिक सौन्दर्यले गर्दा यस क्षेत्रको पर्यटनसँगै आर्थिक र सामाजिक विकासको प्रशस्त सम्भावना रहेकोसमेत बताए।

प्रतिक्रिया

सम्बन्धित खवर