सुनको मूल्य घटेर आज तोलामा १ लाख ९ हजार ८ सय पुग्यो

काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहिबार आज सुनको मूल्य घटेको जानकारी दिएको छ । महासंघले हिजो बुधबारको तुलनामा आज नेपाली बजारमा सुनको मूल्य ५ सय रुपैयाँले घटेको जानकारी दिएको हो ।

यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख ९ हजार ८ सय र तेजाबी सुनको मूल्य १ लाख ९ हजार ३ सय रुपैँया कायम छ । हिजो बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख १० हजार ३०० र तेजाबी सुनको मूल्य १ लाख ९ हजार ७५० रुपैयाँ कायम थियो ।

यस्तै, आज चाँदीको मूल्य तोलामा १४ सय ४५ रुपैयाँ कायम भएको छ । हिजो बुधबार पनि चाँदीको कारोबार यही मूल्यमा भएको थियो । पछिल्लो समय नेपाली बजारमा सुनको मूलय बढ्नेघट्ने क्रम रोकिएको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय