काठमाडौं । यही वैशाख १० गते बारा क्षेत्र नम्बर २, चितवन क्षेत्र नम्बर २ र तनहुँ क्षेत्र नम्बर १ मा हुने उपनिर्वाचनका लागि प्रचार प्रसार गर्ने आज (बिहीबार) अन्तिम दिन हो । बिहीबार नै राति १२ बजेपछि मौन समय सुरु हुने भएकाले दलहरु बिहीबार दिनभर अन्तिम प्रचारमा जुटेका छन् ।
मतदान सुरू हुनु ४८ घण्टा अघिदेखि मौन अवधि सुरू हुने भएकाले राजनीतिक दल तथा उम्मेदवारहरुलाई बिहीबार दिनभर मात्रै प्रचार प्रसारको समय रहेको हो ।
मौन अवधि सुरू भएपछि कुनै पनि माध्यमबाट प्रचार प्रसार गर्न नपाइने निर्वाचन आयोगले जनाएको छ ।
राजनीतिक दल तथा उम्मेदवारहरुले बिहीबार दिनभर सबै शक्ति चुनाव प्रचारमा लगाउने भएका छन् ।

