१० गते हुने उपनिर्वाचनको तयारी पूरा

काठमाडौं। निर्वाचन आयोगले यही वैशाख १० गते आइतबार हुन लागेको तीन क्षेत्रको उपनिर्वाचनको तयारी पूरा भएको जनाएको छ।

आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार प्रतिनिधिसभा सदस्यका लागि बारा निर्वाचन क्षेत्र नं २, तनहुँ निर्वाचन क्षेत्र नं १ र चितवन निर्वाचन क्षेत्र नं २ मा हुन लागेको निर्वाचनका लागि तयारी पूरा भएको छ। निर्वाचनका लागि सम्पूर्ण सामाग्री मतदान स्थलमा पुगिसकेको उनले बताए।

त्यस्तै सहायक प्रवक्ता अर्यालले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न गर्नका लागि बिहीबार रातीदेखि मौन अवधि सुरु हुने जानकारी दिए।

उक्त अवधिमा निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया उम्मेदवारको पक्ष वा विपक्षमा कुनै पनि प्रकारको प्रचारप्रसार गर्न नपाइने उनको भनाइ छ। उनले आचारसंहितलाई कार्यान्वयन गराउन जिल्लास्तरीय अनुगमन संयन्त्रका साथै स्थानीय प्रशासन सक्रिय रहेको जिकिर गरे।

प्रतिक्रिया

सम्बन्धित खवर