निहारिका राजपुत अचेत अवस्थामा भेटिइन् आफ्नै कोठामा

काठमाडौं । निहारिका राजपुत आफ्नै डेरामा अचेत अवस्थामा फेला परेकी छन्। जनकपुरधाम उपमहानगरपालिका ४ स्थित डेरामा छटपटाई रहेको भनेर खबर गरेपछि पुगेको प्रहरीले अचेत अबस्थामा फेला पारेपछी उद्दार गरी उनलाई प्रादेशिक अस्पताल लगेको छ।

प्रहरीका अनुसार कोठामा पुग्दा उनी खाटमै ढलेकी थिइन्।निहारिकालाई के भएको हो भन्ने कुरा खुल्न सकेको छैन्। विष सेवन गरेको आशंका छ।

स्रोतका अनुसार निहारिका र उनका श्रीमान शिवराज श्रेष्ठबीच केही दिनदेखि सम्बन्ध विग्रेको छ। त्यसैले, उनी डेरा लिएर केही दिनदेखि छोरासँग जनकपुरधाममा बस्दै आएकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर