फेरि बढ्यो सुनको मूल्य, कतिमा हुँदै छ कारोबार ?

काठमाडौं । साताको छैटौं दिन आज शुक्रबार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला एक लाख ९ हजार ८ सय रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार ४ सय रूपैयाँले बढेर एक लाख १० हजार २ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

तेजावी सुन प्रतितोला एक लाख ९ हजार ६५० रूपैयाँमा कारोबार भइरहेको छ ।

त्यसैगरी, चाँदीको मूल्य भने शुक्रबार स्थिर रहेर १ हजार ४४५ रूपैयाँमै कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर