एजेन्सी । इटालियन क्लब युभेन्ट्स र रोमा युइएफए युरोपा लिगको सेमिफाइनलमा पुगेका छन् । युभेन्ट्सले पोर्चुगिज क्लब स्पोर्टिङ सिपीलाई तथा रोमाले डच क्लब फियोनुर्डलाई हराउँदै सेमिफाइनलमा पुगेका हुन् ।
बिहीबार राति क्वाटरफाइनलको दोस्रो लेगमा स्पोर्टिङ सिपिसँग १–१ को बराबरी खेलेपनि समग्रमा २–१ को जित निकाल्दै युभेन्ट्स सेमिफाइनल पुगेको हो । पहिलो लेगमा युभेन्ट्स १–० ले विजयी भएको थियो ।
दोस्रो लेग खेलको नवौं मिनेटमा एड्रिन राबिओटले गोल गर्दै युभेन्ट्सलाई अग्रता दिलाएका थिए । तर, २० औं मिनेटमा मार्कुस एड्वार्ड्सले पेनाल्टीमार्फत गोल गर्दै स्पोर्टिङ्लाई १–१ गोलको बराबरीमा ल्याए ।
अर्को खेलमा रोमाले फियोनुर्डलाई ४–१ ले तथा समग्रमा ४–२ ले पराजित गर्दै सेमिफाइनलमा पुग्न सफल भयो ।
दोस्रो लेगमा रोमाको फराकिलो जितमा लियोनार्दो स्पिनाजोला, पाउलो डिबाला, स्टेफन अल सरावे र लोरेन्जो पेलिग्रेनीले गोल गरे । फियोनुर्डका इगरले इक गोल फर्काए ।
अर्को खेलमा जर्मन क्लब बायर लिभरकुसनले बेल्जियन क्लब युनियन सेन्ट जिलोइसलाई ४–१ ले तथा समग्रमा ५–२ ले पराजित गर्दै सेमिफाइनलमा पुगेको छ ।